काठमाडाैं। राष्ट्रिय टेबलटेनिस खेलाडी एलेक्स महर्जन त्रिभूवन विश्वविद्यालय सेवा आयोगअन्तर्गत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट लेखा अधिकृत पदमा सिफारिस भएका छन्।
त्रिभूवन विश्वविद्यालय सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार महर्जन लेखा अधिकृत पदका लागि सिफारिस भएका उम्मेदवारमध्ये एक हुन्।
ललितपुर–७ का स्थानीय बासिन्दा महर्जनको यो उपलब्धिले खेलकुदसँगै शिक्षा तथा पेशागत क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा अन्य खेलाडीलाई समेत दिएको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन्।
४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका उपविजेता एलेक्सले आगामी दिनमा राष्ट्रसेवामा समेत उत्कृष्ट योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे।