काठमाडाैं। साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा शानदार सुरुवात गर्दै एल्चेलाई ५–० गोलले पराजित गरेको छ।
बार्सिलोनाको जितमा राफिन्हाले १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। त्यसपछि करिम अदियेमीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
फर्मिन लोपेजले ७१औँ र ७९औँ मिनेटमा दुई गोल गरे भने राफिन्हाले ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को प्रभावशाली जित दिलाए।
जितसँगै बार्साले उपाधि रक्षा अभियान शानदार ढंगले सुरुआत गरेकाे छ।