रोनाल्डोको लगानी रहेको अल्मेरिया टेनेरिफसँग पराजित

काठमाडौं। स्पेनको दोस्रो श्रेणीको ला लिगा–२ अन्तर्गत किस्टियानो रोनाल्डोको लगानी रहेको अल्मेरिया टेनेरिफसँग १–० गोलले पराजित भएको छ।

टेनेरिफको जितमा एनरिक गालेगोले ३२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। अल्मेरियाले खेलमा गोल फर्काउन नसकेपछि टेनेरिफले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ।

क्रिस्टियानो रोनाल्डोको लगानी रहेको अल्मेरिया भने दुई खेलबाट ३ अंक रहेको छ। रोनाल्डोले सन् २०२४ मा अल्मेरियाको स्वामित्व समूहमा लगानी गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको