मालेनकाे ह्याट्रिकमा रोमाको शानदार जित

काठमाडाैं। इटालियन सिरी ए अन्तर्गतको खेलमा रोमाले फियोरेन्टिनालाई ४–० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुआत गरेको छ।

रोमाको फराकिलो जितमा डोनीएल मालेनले ह्याट्रिक गरे। उनले खेलको २७औँ, ५२औँ र ६०औँ मिनेटमा गोल गर्दै रोमाको जित सहज बनाए।

त्यसपछि निकोलाे पिसिलीले ८६औँ मिनेटमा गोल थपेपछि रोमाले ४–० को शानदार जित सुनिश्चित गरेको हो। जितसँगै रोमाले पहिलो खेलबाटै ३ अंक जोडेको छ भने फियोरेन्टिना अंकविहीन बनेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको