हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल

काठमाडौँ, भदौ १५ गते। हार्दिक फिटनेसले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ।

पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल प्रतियोगता पहिलो पटक आयोजना गरेको हो। पिकलबलअन्तर्गत शुक्रबार पुरुष एकलमाम सुवर्ण शाह र प्रनव खनाल फाइनलमा पुगेका छन्। यसैगरी पुरुष डबलमा लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले सुवर्ण र समीर पोखरेलको जोडीसँग उपाधि भिडन्त गर्नेछ।

टेबलटेनिस पुरुष एकलमा प्रजिल भट्टराई र हिमाल विष्ट तथा महिला एकलमा वियान्का राई र दिया देउला फाइनलमा पुगे। यसैगरी भेटरान्स एकलको च्याम्पियन बन्न चन्दन शाही र ठाकुर थापाले एकअर्कासँग खेल्नेछ।

नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका छन्। यसैगरी टेबलटेनसमा ७१ पुरुष, २२ महिलार ४२ भेटरान्स गरी कूल १३५ जना खेलाडीको सहभागिता रहेको छ।

दुवै खेलका प्रत्येक इभेन्टमा विजेताले ३० हजार, उपवजेताले १५ हजार र तेस्रो स्थान बनाउने खेलाडीले जनही पाँच हजार रुपियाँ प्राप्त गर्नेछन्। यसैगरी सबै विजेतालाई हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरिनेछ।

हार्दिक फिटनेसका ओपरेसन्स मेनेजर विपिन महर्जनले दुवै खेलमा सहभागिता र पहिलो पटक पिकलबलको आयोजना गरेर इतिहास बनाएको बताए। ‘यस प्रतियोगतामा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको छ। त्यसैले यसपटकको आयोेजना विशेष भएको छ’ उनले भने। यसैगरी हार्दिक फिटनेसका सञ्चालक विराज विष्टले विशेषत पहिलो पटक पिकलबल प्रतियोगता आयोजना गर्न सकेकोमा खुशी व्यक्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको