तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित

काठमाडौं। नेपालको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीका कारण उत्पन्न गम्भीर मानवीय संकट तथा जनधनको क्षतिलाई मध्यनजर गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित गरिएको छ।

आयोजकले मंगलबार विज्ञप्ति जारी गर्दै विपद्को यस दुःखद् परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।

यसअघि तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग असोज १५ गतेदेखि आयोजना हुने तय गरिएको थियो। तर पछिल्लो प्राकृतिक विपद्का कारण निर्धारित मितिमा प्रतियोगिता सञ्चालन गर्न नसकिने भएपछि स्थगित गरिएको हो।

आयोजकले प्रतियोगिताको नयाँ मिति तथा अन्य विवरणबारे उपयुक्त समयमा जानकारी गराउने जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको