काठमाडाैं। आयोजक ज्ञानोदय बालवाटिकाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा बुधबार दोहोरो जित हात पारेको छ। ज्ञानोदय ब्वाइज÷गल्र्स दुवैमा विजयी भयो।
ब्वाइजमा ज्ञानोदयले एलिक्सर एक्सेल्सियरलाई ३–० गोलले पराजित ग¥यो। ज्ञानोदयका प्रकाश थापाले ह्याट्रिक गरे। गल्र्समा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई १–० गोलले हरायो। विपस्मा बुढाथोकीले निर्णायक गोल गरिन्। गल्र्सकै अर्को खेलमा एभीएमले त्रियोगलाई ५–० को फराकिलो गोलअन्तरले पाखा गायो। आरुषीले ३ तथा उजशाले २ गोल गरे।
ब्वाइज फुटबलको अन्य खेलमा एलएले डिएभीलाई ६–० गोलले पन्छायो। एलएका दिपेशले २ तथा निश्चल, जिम्मी, रुद्रान्स र रुपमले समान १–१ गोल गरे। मल्पीले राई स्कुलमाथि ३–० को जित दर्ता ग¥यो। मल्पीका सार्थक लम्साल, प्रिन्स हुमागाईं र अविभजय कार्कीले गोल गरे।
बास्केटबलको गल्र्समा एलएले एलआरआईलाई १६–७ तथा डिएभीले एलिक्सर एकेडेमीलाई १९–११ ले पराजित गरे। एलएकी स्कार्लेट प्रजापतिले ९ तथा डिएभीकी स्मारिका महर्जनले ९ स्कोर गरे। ब्वाइजमा एलआरआईले डिएभीलाई ३१–१६ ले हरायो। एलआरआईकी दिवाङ लामाले १६ अंक जोडिन्।
