अल नासरको जितमा रोनाल्डो र मानेको गोल


काठमाडौं । अल नासरले एएफसी च्याम्पियन्स लिग अनतर्गत कप्तान रोनाल्डो र मानेको गोलमा पहिलो जित निकालेको छ।

सोमबार राति भएको खेलमा अल नासरले अल रायनलाई २–१ ले पराजित गरेको हो।

अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले गोल गरे। यता, अल रायनको लागि एक गोल रोजर गुइडेसले फर्काए।

नासरको घरेलु मैदानमा मानेले पहिलो हाफको इन्जुरी समय अग्रता सुरुआती अग्रता दिलाए। ७६औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए।

८७औं मिनेटमा रोजरले गोल गरेपनि अल रायन खेलमा फर्कन सकेन।

जितसँगै दुई खेलबाट चार अंक जोडेको अल नासर तेस्रो स्थानमा छ। अल रायनले भने यो लगातार दोस्रो हार हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको