काठमाडाैं। संस्कृति इन्टरनेसनल स्कुल र डिभाइन प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्। संस्कृति सिनियर ब्वाइज तथा डिभाइन जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन्। विजेता दुवैले न्यु मिलिनियमलाई पराजित गरे।
बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धामा संस्कृतिले न्यु मिलिनियमलाई ४९–२४ ले पराजित ग¥यो। संस्कृतिको जितमा सत्यम अधिकारीले ८ अंक योगदान गरे। सेमिफाइनलमा संस्कृतिको भेट जेम्ससंग हुनेछ। अर्को सेमिफाइनलमा निस्ट र युरो स्कुल भिड्ने छन्।
जुनियर ब्वाइजमा सन्सब थापाको ८ अंक सहयोगमा डिभाइनले न्यु मिलिनियमलाई १८–११ ले हरायो। सेमिफाइनलमा डिभाइनले प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलको सामना गर्ने छ। अर्को सेमिफाइनल इम्पेरियल र डाफोडिलबीच हुनेछ।
सिनियर गल्र्समा पनि सेमिफाइनल समीकरण तयार भएको छ। सेमिफाइनलमा इम्पेरियलले काष्ठमण्डप विद्यालय तथा निस्टले मेरिडियन इन्टरनेसनल स्कुलसंग प्रतिस्पर्धा गर्ने छन्।