एसियाड जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ

काठमाडौं। नेपाल ट्रायथलन संघले २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जापान जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ गरेको छ।

जापानको आइची–नागोयामा आयोजना हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न वज्राचार्य ट्रायथलनका प्राविधिक अफिसियलका रूपमा सहभागी हुनेछन्।

नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दुवैलाई शुभकामनासहित विदाइ गर्दै एसियाडजस्तो ठूलो खेलकुद मेलामा प्राविधिक अफिसियलको भूमिका र जिम्मेवारी पनि महत्वपूर्ण हुने बताए।

यसपटकको एसियाली खेलकुदमा नेपाली ट्रायथलन खेलाडीले भने सहभागिता जनाउने छैनन्। अध्यक्ष श्रेष्ठका अनुसार ओलम्पिक विवादका कारण ट्रायथलनलाई यसपटक एसियाडमा समावेश नगरिएको हो।

‘ओलम्पिक विवादका कारण ट्रायथलनलाई एसियाडमा समावेश गरिएन। यसले ट्रायथलन खेलाडीलाई अन्याय भएको छ,’ उनले दुःखेसो पोखे।

आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा ट्रायथलनका खेल सेप्टेम्बर २० र २१ तारिखमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको