जोन डेवीको विजयी सुरुआत

काठमाडाैं। आयोजक जोन डेवीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ गल्र्स फुटसलमा आइतबार विजयी सुरुआत गरेको छ। जोन डेवीले दोहोरा जित आत्मासात् ग¥यो।

जोन डेवीले युरो स्कुल, छाउनीलाई ७–० तथा जेम्सलाई १–० गोलअन्तरले पराजित ग¥यो। सोही स्पर्धामा ग्यालेक्सी पब्लिक स्कुल, नर्थ भ्याली ‘ए’, इस्ट पोल, जेम्स, कोहिनूर र द एक्सेल्सियर स्कुलले जित हात पारे। नर्थ भ्याली ‘ए’ र ग्यालेक्सी पनि समान २–२ खेलमा विजयी भए।

यु–१६ ब्वाइजमा वेद्व्यासले दोहोरो सफलता पायो। अन्य प्रतिस्पर्धामा एक्सेल्सियर, जोन डेवी ‘बी’, ग्यालेक्सी, चाँदबाग र डाफोडिलले सफलता हात पारे।फुटसलको जोन डेवीकी प्रिन्सिपल उर्वसी सुब्बा र भाइस प्रिन्सिपल उपासना सुब्बाले संयुक्त रुपमा उद्घाटन गरे। तीन विधा समावेश फुटसलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १५ र यु–१६ गल्र्समा ९ टिमले भाग लिएका छन् ।

बास्केटबलमा न्युटन र गण्डकीे विजयी
प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा गण्डकीले एरभेष्टलाई ६१–९ ले पराजित ग¥यो। गण्डकीको सहज जितमा तेन्जिङले १३ अंक योगदान गरे। युनकि कार्कीको १४ अंक सहयोगमा न्युटनले एआईएलाई ४५–२३ ले हरायो।

ब्वइजमै मातृभूमिले केएमसीलाई ५३–८ तथा डिफेन्डिङ च्याम्पियन हेम्सले बेलमोन्टलाई ३७–१४ ले पाखा लगाए। मातृभूमिका आरुष खड्काले १८ तथा हेम्सका अमर कुमारले १६ स्कोर गरे।

गल्र्स बास्केटबलमा दोहोरो जित निकालेको भ्यालीले न्युटनलाई ३८–३२ तथा आयोजक जोन डेवीलाई ३६–१० ले पन्छायो। दुवै खेलमा सर्वाधिक स्कोर गरेकी भ्याली पब्लिककी सोनीमाया तामाङले क्रमशः १६ र ११ अंक जोडिन्।

अन्य खेलमा सत्य साइले एआईएलाई ३४–१२, मातृभूमिले निम्सलाई १६–८ र टीआईएले हिमरश्मिलाई २२–५ ले पराजित गरे। सत्य साइकी आकृति यादवले १०, मातृभूमिकी समाइराह श्रेष्ठले १३ र टीआईएकी जाल्पा तामाङले ९ अंक बटुले।

बास्केटबलको जोन डेवीका एकेडेमिक को–ओर्डिनेटर गोकुल घिमिरे र म्यानेजमेन्ट टिमकी सदस्य पल्लवी दाहालले संयुक्त रुपमा उद्घाटन गरे।ब्वाइज÷गल्र्समा समान १६–१६ टिम सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको