काठमाडाैं। एचएचसीए र विल्सन एकेडेमीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार जित हात पारेका छन्।
एचएचसीएले आयोजक जोन डेवीलाई ५१–३८ ले पराजित ग¥यो। एचएचसीएको जितमा गणेश मगरले १२ अंक योगदान गरे। रेहान डंगोलको १८ अंक सहयोगमा विल्सनले एभरेष्टलाई ४७–३३ ले हरायो।
न्युटनले मिल्सबेरीलाई ६०–४३ तथा मातृभूमिले जेभियरलाई ६४–४७ ले पाखा लगाए। न्युटनका सविन राईले २१ तथा मातृभूमिका आभास राउतले १६ अंक बटुले। गल्र्समा मातृभूमिले मिल्सबेरीलाई ४४–३२, न्युटनले द एक्सेल्सियर स्कुललाई २६–१६, ल्यान्डमार्क एकेडेमीले युरो स्कुल, छाउनीलाई २१–१२, सत्य साइले हिमरश्मिलाई २४–१६ र डिफेन्डिङ च्याम्पियन बौद्ध चिल्डे«न हेभेनले राई स्कुललाई २२–१२ ले पन्छाए। मातृभूमिकी समाइराह श्रेष्ठले १३, न्युटनकी आईरीन रानाले २१, ल्यान्डमार्ककी प्रतीक्षा राईले ९, सत्य साइकी मिस्टी श्रेष्ठले ८ र बौद्धकी जस्मिन गुरुङले ७ स्कोर गरे।
फुटसल जोन डेवी र काष्ठमण्डप क्वाटरफाइनलमा
प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज फुटसलमा आयोजक जोन डेवी ‘ए’ र काष्ठमण्डप विद्यालय क्वाटरफाइनला प्रवेश गरेका छन्।
समूह चरणको पहिलो खेलमा जोन डेवी ‘ए’ ले बृहस्पति विद्या सदनलाई १–० गोलले पराजित ग¥यो। प्रणाम भण्डारीले निर्णायक गोल गरे। अर्को खेलमा जोन डेवी ‘ए’ ले श्रृष्टि एकेडेमीलाई ४–१ गोलले हरायो। विजेताका प्रणाम भण्डारीले २ तथा रेनभकुमार मल्ल र शुभवीर ब्लोनले समान १–१ गोल गरे। श्रृष्टिका संस्कार मैनालीले सान्त्वना गोल गरे।
काष्ठमण्डपले एआईएलाई १–० गोलले पाखा लगायो। अधिराज श्रेष्ठले निर्णायक गोल गरे। अर्कोमा काष्ठमण्डपले लाइफ स्कुललाई ४–१ ले पन्छायो। काष्ठमण्डपका रुक्म, सायन, सिद्धान्त र युयुधनले गोल गरे। लाइफका अस्टिनले १ गोल फर्काए। त्यसअघि काष्ठमण्डपले एनबीएफएमाथि ३–० को जित दर्ता गरेको थियो।
सोही स्पर्धामा राई स्कुल, चेल्सी वल्र्ड स्कुल, डाफोडिल, द एक्सेल्सियर स्कुल, लाइफ र बृहस्पति विद्या सदनले सफलता पाए।