नेपालको विजयी सुरुआत

काठमाडाैं। जापानमा जारी २०औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले विजयी सुरुआत गरेको छ। समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले पराजित ग¥यो।

यस्तै, नेपाली पुरुष कबड्डी टिमले लगातार तेस्राे पराजय ब्यहोरेको छ। समूह ‘बी’ को लिग खेलमा नेपाल मंगलबारै दुई खेलमा पराजित रह्यो। नेपाल पाकिस्तानसँग ५८–४३ र इरानसँग ७६–२३ ले चुक्यो। समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसंग ५९–५८ ले पछि परेको थियो। नेपालले बिहीबार मलेसियसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन्।

बक्सिङमा रमिशा श्रेष्ठ महिला ५१ केजी तौल समुहमा भियतनामकी खेलाडीसँग पराजित भएकी छन्। ५– ० को अंकका आधारमा उनी पराजित भएकी हुन्। यस्तै पुरुष ५५ केजी तौलसमूहमा चन्द्रबहादुर थापा पनि पराजित भएका छन्। उनले भारतका खेलाडी जादुमानी सिंहको मुकाविला गरेका थिए। उनी ५–० अंकका आधारमा पराजित भएका थिए।

करातेको महिला टिम कातामा नेपाली कराते टिम चाईनिज ताईपेइसंग ५–० अंकले पराजित भएको छ। यस्तै भियतनामसँगको टिम कातामा पनि नेपाल ५–० अंकले पराजित भयो।

सफ्टटेनिसको महिला सिंगल्समा नेपाली खेलाडी जोर्जिया चौधरी जापानी खेलाडीसँग ४–०, ४–१, ४–०, ४–० अंकको सेटमा पराजित भइन्। यस्तै पुरुष सिंगल्समा चाईनिज ताईपेइसँग ४–० मा पराजित भएका नेपालका कमलबहादुर भण्डारीले लाओस विरुद्धको खेलमा भने ४–३ ले विजयी भए। यस्तै पुरुष सिंगल्समै प्रदिप खत्री फिलिपिन्सका खेलाडी संग पराजित भएका छन्।

टेबुल टेनिस
टेबलटेनिसको मिक्स डबल्समा नेपालका रुविन महर्जन र इभाना थापाको जोडीले पाकिस्तानका मुहम्मद खान र कस्लुम खानको जोडीलाई ११–६, ११–८ र ११–४ को सोझो सेटमा पराजित गरेका छन्। मिक्स डबल्समा नविता श्रेष्ठ र संयोग कपालीको जोडी मंगोलियाको जोडीसंग ३–१ को सेटमा पराजित भएका छन्।

महिला भलिबलमा नेपाल १२ औं स्थानमा रह्यो। १४ टिम सहभागी थिए। मंगलबार नेपाल मंगोलियासँग २३–२५, १७–२५, १३–२५ को सेटमा पराजित भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको