संस्कृतिलाई सफलता

काठमाडाैं। संस्कृति इन्टरनेसनल स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलमा जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार संस्कृतिले रेडियन्ट पब्लिकलाई ७६–७२ ले पराजित ग¥यो। संस्कृतिका श्रेयस श्रेष्ठले ३२ स्कोर गरे।

रेडियन्ट रिडर्सले हिमालयनलाई ४६–४५, प्रिमियरले स्किब्सलाई ६०–४४, जनप्रेमीले द एक्सेल्सियर स्कुललाई ४७–२६, ग्रिनल्यान्डले अक्षरालाई ५५–४४ र निसर्ग वाटिकाले चाणक्यलाई ४४–३२ ले हराए। रेडियन्ट रिडर्सका रोवन्श वाइबाले १६, प्रिमियरका काइ प्रजापतिले २६, जनप्रेमीका सुमित यादवले २५, ग्रिनल्यान्डका जेसन तामाङले २४ र निसर्गका अर्नव सिंहले १० स्कोर गरे।

नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा ४० टिम सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको