काठमाडौं। यूईएफए नेसन्स लिगको समूह ‘ए३’ मा स्पेनले क्रोएसियामाथि ४–१ को शानदार जित निकालेको छ।
स्पेनको जितमा लामिन यामलले दुई गोल गरे। उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। क्रोएसियाका डियोन ड्रेना बेल्जोले २८औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसको तीन मिनेटपछि मार्क पुबिलले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। यामलले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ३–१ ले अघि बढ्यो। निको विलियम्सले ८८औँ मिनेटमा गोल थप्दै स्पेनको जित ४–१ ले पक्का गरे।
यस जितसँगै स्पेनले समूह ‘ए३’ मा लगातार दोस्रो जित दर्ता गर्दै ६ अंक जोडेको छ। स्पेनको अपराजित यात्रा पनि ४० खेलसम्म पुगेको छ।