काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा पोखरा एभेन्जसले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् ।
पोखराले गत बुधबार सुदूरपश्चिम रोयल्ससँग खेलेको टोलीमा २ परिवर्तन गरेको छ । आकाश चन्दको स्थानमा विपिनकुमार आचार्य, सधिरा समराविक्रमाको स्थानमा चमिका करुणारत्ने र धनञ्जय लक्षणको स्थानमा मोहम्मद सैफुद्दिनले मौका पाएका छन् ।
पोखरा एभेन्जर्सको प्लेईङ-११
कुशल भुर्तेल, दिनेश खरेल, किरण ठगुन्ना, अर्जुन घर्ती, प्रतिक पोखरेल, विपिन कुमार आचार्य, विपिन खत्री, शाकिब अल हसन, मेहेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने
त्यस्तै बिहिबार काठमाडौं गोर्खाजसँग खेलेको जनकपुरको टोलीमा १ परिवर्तन भएको छ । जनकपुरले कुशल परेराको स्थानमा जिम्मी निशमलाई टिममा ल्याएको छ ।
जनकपुर बोल्ट्सको प्लेईङ-११
मयन यादव, तृतराज दास, मोइन अलि, सैफ हसन, अनिल साह, जिम्मी निशम, हरमित सिंह, अभिषेक तिवारी, राहुल यादव, अमर सिंह राउटेला र ललित राजवंशी