बायर्नविरुद्ध एस्टन भिल्लाको एतिहासिक जित


काठमाडौं । एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० ले हराउँदै ऐतिहासिक जित हात पारेको छ।

कोलम्बियन स्ट्राइकर जोन डुरानले खेल खेल सकिन ११ मिनेट बाँकी छदाँ गोल गरे।

४१ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको भिल्लाको यो लगातार दोस्रो जित हो।

गएराति बायर्नले भिल्ला पार्कमा अपराजित यात्रा कायम राख्दै उच्च फर्ममा प्रवेश गरेको थियो।

खेलको ७९ औं मिनेटमा डुरानले उत्कृष्ट गोल गर्दै भिल्लालाई अग्रता दिलाए। डुरानले पाउ टोरेसको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रणमा लिएर नुयरलाई अगाडि नै छलेर लामो दूरीबाट गोल गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको