इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्डले चेल्सीलाई १–० गोलले पराजित गरेको छ।
आइतबार सन्डरल्यान्डको घरेलु मैदान स्टेडियम अफ लाइटमा भएको खेलमा एनजो ले फेले पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो।
उनले खेलको ३६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।
यस हारसँगै चेल्सीले लिगमा महत्त्वपूर्ण अंक गुमाएको छ। १० खेलबाट १६ अंक जोडेको चेल्सी चौथो स्थानमा छ। जितपछि सन्डरल्यान्डले १० खेलबाट ८ अंक जोडेको छ।