स्पेनको अपराजित यात्रा कायमै

काठमाडाैं। युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘ए थ्री’ को खेलमा स्पेनले चेकियालाई २–० गोलले पराजित गरेको छ।

बिहीबार राति चेकियाको मैदानमा भएको खेलमा स्पेनका लागि एलेक्स बाएनाले ३९औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। मार्क पुबिलले इन्जुरी समयको छैटौँ मिनेटमा दोस्रो गोल थप्दै स्पेनको जित सुनिश्चित गरे।

खेलको ७२औँ मिनेटमा चेकियाका कप्तान लादिस्लाभ क्रेइचीले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो।

यस जितसँगै स्पेनले समूह चरणमा लगातार पाँचौँ जित निकालेको छ। पाँच खेलबाट शतप्रतिशत नतिजासहित १५ अंक जोडेको स्पेन समूह ‘ए थ्री’ को शीर्ष स्थानमा छ। चेकिया भने पाँचै खेलमा पराजित हुँदै अंकविहीन छ।

स्पेनले यसअघि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको