दक्षिण कोरियालाई हराउँदै साउदी अरेबियाको २१ वर्षपछि ऐतिहासिक जित

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साउदी अरेबियाले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको छ।

शुक्रबार राति कतारको अल रय्यानस्थित जसिम बिन हमाद रंगशालामा भएको खेलमा साउदी अरेबियाले २१ वर्षपछि दक्षिण कोरियामाथि जित निकालेको हो।

खेलको पहिलो हाफको अतिरिक्त समयमा मारवान अल सहाफीले गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै ओह ह्योन ग्युले गोल गर्दै दक्षिण कोरियालाई १–१ को बराबरीमा ल्याए। तर ५६औँ मिनेटमा मोहम्मद कान्नोले गोल गर्दै साउदीलाई पुनः अग्रता दिलाए।

त्यसको तीन मिनेटपछि अब्दुलेलाह अल अम्रीले गोल थप्दै साउदीको अग्रता ३–१ बनाए। दक्षिण कोरियाका लागि ६८औँ मिनेटमा ली जे सङले गोल गरे पनि टोलीले हार टार्न सकेन।

यस जितसँगै साउदी अरेबियाले दक्षिण कोरियाविरुद्धको लगातार ६ खेलको अपराजित यात्रालाई पूर्णविराम लगाएको छ। दक्षिण कोरियाले यसअघि सन् २००५ पछि साउदीसँग हार बेहोरेको थिएन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको