काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। यस जितसँगै चितवन प्लेअफ नजिक पुगेको छ भने जनकपुर प्रतियाेगिताबाट बाहिरिएकाे छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
चितवनको जितमा डेभिड मलानले अविजित ३५ रन बनाए। उनले ३९ बलमा १ छक्का प्रहार गरे। कुशल मल्लले २५ बलमा १५, रवि बोपाराले १६ बलमा १३ तथा कमिल मिसाराले ६ बलमा १२ रन बनाए।
जनकपुरका राहुल यादवले ३ विकेट लिए भने ललित राजवंशीले २ तथा विशाल सुशलिङले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो।
जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। विशाल सुशलिङले १५, सन्तोष कार्कीले १० तथा राहुल यादवले अविजित १० रन जोडे।
चितवनका रञ्जित कुमारले ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। सिकन्दर राजाले २ तथा कमिल मिसारा र रिजान ढकालले समान १ विकेट लिए।
चितवनले महत्वपूर्ण २ अंक जोड्दै ६ खेलबाट ७ अंसहित प्लेअफमा स्थान बनाउने सम्भावना बलियो पारेको छ।
