काठमाडौं। साफ च्याम्पियनसिप २०२६ को उपाधिका लागि मंगलबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:१५ बजे सुरु हुनेछ।
भारतले सेमिफाइनलमा भुटानलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै, पाकिस्तानले आयोजक बंगलादेशलाई १–० गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
दक्षिण एसियाका दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको फाइनललाई निकै चासोका साथ हेरिएको छ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
फाइनल खेलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले ट्रफीसँग तस्बिर खिचाउँदै उपाधि भिडन्तका लागि तयारी पूरा भएको सन्देश दिएका छन्।
