तेस्रो पात्ले फुटसल प्रतियोगिता मंसिर १२ गतेदेखि हुने

काठमाडौं। जोशिलो युवा सञ्जालको आयोजनामा हुने तेस्रो संस्करणको पात्ले फुटसल प्रतियोगिताको नयाँ मिति तय भएको छ।

यसअघि दुईपटक मिति निर्धारण गरिए पनि विभिन्न कारणले प्रतियोगिता सञ्चालन हुन नसकेपछि आयोजकले मंसिर १२ र १३ गते प्रतियोगिता आयोजना गर्ने नयाँ मिति सार्वजनिक गरेको हो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताका सबै खेल बलेफी फुटसलमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले सात हजार पाँच सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।

प्रतियोगिताको सहआयोजकमा बलेफी गाउँपालिका–८ रहेको छ। त्यस्तै, सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा सुनकोशी युवा संस्था र सुनकोशी गाउँपालिका तथा धार्पा युवा क्लब सहयाेगि रहेका छन्।

प्रतियोगिता सम्पन्न गर्न शिशिर कार्कीको विशेष सहयोग रहने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको