काठमाडाैं। आयोजक रेडियन्ट पब्लिक र रातो बंगला १२औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्ट पब्लिकले कश्यपलाई २२–९ ले पराजित ग¥यो। रेडियन्टका जेनिश लामिछानेले १० अंक जोडे। रातो बंगलाले केभीएस, स्युचाटारलाई १३–८ ले हरायो। रातो बंगलाका शिभान्सले ४ स्कोर गरे। हारका बावजुद केभीएस पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
सेमिफाइनलमा रातो बंगलाको भेट ह्वाइटफिल्डसंग हुने भने रेडियन्ट पब्लिकले केभीएस, स्युचाटार विरुद्ध खेल्ने छ। सिनियर ब्वाइजमा ग्रिनफिल्डले न्यु जेनिथलाई २९–१५, एलआरआईले कश्यपलाई ३६–३५ र रेडियन्ट पब्लिकले राराहिललाई ४४–३५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
ग्रिनफिल्डका मोहित ऐडीले १७, एलआरआईका सुजल मडईंले २० र रेडियन्ट पब्लिकका सुगम राना मगरले १३ स्कोर गरे। सिनियर ब्वाइजमै निसर्ग वाटिका, होली भिजन, पुष्पसदन, केभीएस, स्युचाटार, स्वर्णिम, राइजिङ स्टार, ज्ञानोदय, मोक्षदा, केभीएस, रानीवन र बाल दीक्षा सदन प्रिक्वाटरफाइनलमा पुगे।
सिनियर गल्र्समा क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनल निसर्ग र एलआरआई, रिब्स र ज्ञानोदय, रेडियन्ट पब्लिक र एक्सेल्सियर तथा राराहिल र स्वर्णिमबीच हुनेछ।
