दसौं राष्ट्रिय खेलकुद : पहिलो दिन बागमतीलाई ४ स्वर्णसहित ९ पदक

काठमाडाैं। दसौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको पहिलो दिन मंगलबार ४ स्वर्णसहित ९ पदक जितेको छ। ११ पदकका लागि भएको खेलमा बागमतीले थप २ रजत र ३ कास्य पनि जित्यो। एनआरएनले ३ स्वर्ण र १ कास्य, आर्मीले २ स्वर्ण, ५ रजत र १ कास्य, नेपाल पुलिसले १ स्वर्ण, २ रजत र ६ कास्य तथा कोशीले १ स्वर्ण र सुदूरपश्चिमलृ २ रजत प्राप्त गरे।

महिला बास्केटबल
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ चार वटा खेल सम्पन्न भएका छन्। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको पहिलो दिन मंगलबार भएको खेलमा फुल कोर्ट र थ्री बाइ थ्रीतर्फ समान २–२ खेल सम्पन्न भएको हो।

फुल कोर्टमा एपीएफ र सुदूरपश्चिम तथा थ्री बाइ थ्रीमा त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुआत गरे। फुल–कोर्टमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरमा पराजित गरेको छ। सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ। उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले हरायो। थ्री अन थ्रीमा आर्मीले एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ। अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको छ।

टेनिसमा प्रदीप र प्रणवको विजयी सुरुआत
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष सिंगल्समा गण्डकीका प्रदीप खड्का र नेपाल आर्मीका प्रणव खनालले विजयी सुरुआत गरेका छन्। बर्दियाको गुलेरियामा भएको खेलमा प्रणवले पुलिसका निहालजंग थापालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरे। प्रदीपले लुम्बिनीका मघेन्द्र गिरीलाई ६–० र ६–२ को सोझो सेटमा सहजै हराए।

पुलिस सिंगल्समै गण्डकीका करणबहादुर थापाले पुलिसका दर्शिल श्रेष्ठलाई ६–३ र ७–५, बागमतीका निसान श्रेष्ठले एपीएफका सक्षमविक्रम शाहलाई ६–३ र ६–१, एनआरएनएका रेन्जेन लामाले सुदूरपश्चिमका रमेशसिंह दंगालाई ६–० र ६–०, बागमतीका प्रितम परियारले एपीएफका देवासिश रेउलेलाई ६–० र ६–३, एनआरएनएका असभसम्राट हाडाले लुम्बिनीका विवेक कुँवरलाई ६–० र ६–० तथा आर्मीका राजवीर प्रधानले सुदूरपश्चिमका माधवसिंह विष्टलाई ६–० र ६–० ले पाखा लगाए।

प्रतियोगितामा लुम्बिनी, गण्डकी, बागमती, सुदूरपश्चिम, एनआरएनए, पुलिस, आर्मी र एपीएफबाट ३४ पुरुष र १३ महिला गरी ४७ खेलाडी सहभागी छन्। मंसिर १४ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।

पुरुष फुटबलमा पुलिस र मधेशकाे विजयी सुरुआत
पुरुष फुटबलमा नेपाल पुलिस क्लवले बिजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २–० गोलले पराजित ग¥यो। दुवै गोल पहिलो हाफमा सम्भव भयो। पुलिसका लागि धिरेन्द्र शाहले ३६औं मिनेट तथा ४६औं मिनेटमा सुजन मगरले गोल गरे। दोस्रो हाफमा भने दुवैतर्फ गोलका अवसरहरु प्राप्त भएपनि सदुपयोग गर्न सकेनन्।

दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई १–० गोलले हरायो। पहिलो हापमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। मधेस प्रदेशका लागि विकाश दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी तथा दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ।

महिला क्रिकेटमा दुई विभागिय टोलीकाे विजयी सुरुआत
महिला क्रिकेटमा दुई विभागिय टोली सशत्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन्। राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले पहिलो खेलमै शानदार प्रर्दशन गरेका छन्।

वीरेन्द्रनगरमा रहेको प्रादेशिक रंगशाला भन्दा माथिल्लो क्रिकेट मैदानमा समूह बीमा रहेको एपिएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हराएको छ। १९८ रनको बिशाल लक्ष्य पाएको लुम्बिनी १५ ओभर चार बलमा ३९ रनमै समेटिन पुग्यो।

लुम्बिनीका श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन। लुम्बिनीको धराशायी पार्नेक्रममा एपिएफका करूणा भन्डारीले तीन तथा बिनु बुढा र मगर राजाति ऐरीले समान दुई दुई विकेट लिइन्।

पहिला ब्याटिङ गरेको एपिएफले कप्तान सीता राना मगर सहित तीन खेलाडीले अर्धशतकिय पारीमा निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाएर १९७ रनको बिशाल योगफल तयार पारेको हो। सीताले ४२ बलमा एक छक्का र ९ चौंका सहित ६६ रन बनाउँदा इन्दु वर्माले २७ बलमा १२ चौंका सहित अविजित ५८ रनको आक्रमक पारी खेलिइन्।

यसैगरी रेवति धामीले पनि ५३ बलमा अविजित ५५ रन अर्धशतकिय खेलेकी थिइन्। यसैगरी समूह एमा रहेको विभागिय टोली आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराउँदै शानदार सुरुआत गरेको हो। कोशी प्रदेशले दिएको ६६ रनको सामान्य आर्मी क्लबले १३ दशमल एक ओभरमा मात्र चार विकेट गुमाएर पूरा गरेको हो।

आर्मीकालागि बिन्दु रावलले २१ र रुबि पोदारले १८ रन बनाइन् भने कविकता कुँबर १२ रनमा अविजित रहिन्। कोशीका रुबिना क्षेत्रीले चार ओभरमा १२ रन मात्र दिएर तीन विकेट लिएपनि हार टार्न सकिनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको