काठमाडाैं। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार भएका खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
बुधबार बिहान सम्पन्न फुल कोर्ट फाइभ बाइ फाइभ विधाका दुई खेलमा दुवै टोलीले जित निकालेका हुन्।
पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को फराकिलो अन्तरले पराजित गरेको छ। पुलिसले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै २३ अंकको अन्तरमा जित निकालेको हो।
त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गरेको छ। सुदूरपश्चिमले खेलमा सुरुदेखि नै दबाब कायम राख्दै सहज जित हासिल गरेको हो।
महिला बास्केटबलतर्फ बुधबार दिउँसो थ्री अन थ्री विधाका खेल सञ्चालन हुनेछन्।
