काठमाडौं । नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन्।
आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुद विधातर्फ मण्डेकाजी सम्मानित भएका हुन्।
सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा वर्षेनी आयोजना हुँदै आएको अवार्ड कार्यक्रममा यसपालि आयोजकले १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो।
कार्यक्रममा खेलकुद विधा बाहेक वर्ष कलाकार, वर्ष बैंकर, वर्ष चिकित्सकजस्ता विधामा पनि अवार्ड प्रदान गरिएको थियो।
मण्डेकाजीले सम्मान स्वरुप प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीबाट ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
पाँच वर्षअघि काठमाडौंमा भएको १३औं सागमा मण्डेकाजीले कराते एकल काता र टिम कातामा देशका लागि ऐतिहासिक दोहोरो स्वर्ण पदक दिलाएका थिए। एकल कातामा उनले २० वर्षको खडेरी तोडेका थिए।


