टोटनह्यामको पुनरागमन जित


काठमाडौं । टोटनहम हट्स्परले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जीत हासिल गरेको छ।

घरेलु मैदानमा टोटनहम होट्सपुर रंगशालामा शनिबार भएको खेलमा टोटह्यामले वेस्टह्यामाथि ४–१ गोलको पुनरागमन जित हासिल गरेको हो।

टोटनह्यामको जितमा डेजान कुलुसेभस्की, यभिस बिसौमा र सन ह्युन मिनले गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । वेस्टहमका लागि मोहम्मद कुडुसले गोल गरे।

खेलमा १–० गोलले पछि परेको अबस्थामा टोटनह्यामले सानदार पुनरागमन गर्दै ४–१ गोलको जित हासिल गरेको हो।

जितसँगै आठ खेलमा १३ अंक जोडेको छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्टहम समान खेलबाट आठ अंकका १४औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको