सेल्टामाथि रियलको जित


काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ।

शनिबार राती भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरे। त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरे।

जितसँगै रियलको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ। पराजित सेल्टा भिगोको १० खेलमा १३ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको