धमलालाई अमेरिकामा सम्मान


कात्तिक १३ गते । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमलालाई अमेरिकामा सम्मान गरिएको छ । अमेरिकास्थित अमेरिकन तेक्वान्दो मार्सल आर्ट एकेडेमीले खेलकुद क्षेत्र र तेक्वान्दो खेलमा उल्लेख्य योगदान पुर्याएको भन्दै धमलालाई कदर पत्र सहित सम्मान गरेको हो ।

अमेरिकन तेक्वान्दो मार्सल आर्ट्स एकेडेमीका मास्टर राजकुमार थापा र सबुम झलक बुढा मगरले धमलालाई एकेडेमी कार्यालयमै सम्मान गरेका थिए । कार्यक्रममा मास्टर थापाले नेपालको तेक्वान्दोलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन र विकास गर्न धमलाको योगदान महत्वपूर्ण रहेको बताएका थिए । अमेरिका भ्रमणमा रहेका धमलाले सम्मानका लागि एकेडेमी र तेक्वान्दोका सर्जकप्रति आभार प्रकट गरेका थिए ।

नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ आईटीएफका पूर्व अध्यक्ष धमला एसियन तेक्वान्दो महासंघका कार्यसमिति सदस्य र साउथ एसियन तेक्वान्दो महासंघमा उपाध्यक्ष छन् । आईटीएफका छैटौं डान धमला ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष हुन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको