काठमाडौँ । म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ।
गएराती भएको अन्तिम १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए।
यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ।
तपाईको प्रतिक्रिया !!!


