काठमाडौं । इटालियन सिरी ए मा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जित हासिल गरेको छ।
शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा रहेका प्रशिक्षक इभान युरिचले केही राहत पाएका छन् ।
रोमका लागि निर्णायक गोल पाउलो डिबालाले खेलको २०औं मिनेटमा गरेका थिए। टोरिनोका करोल लिनेट्टीको गलत ब्याकपासलाई फाइदा उठाउँदै डिबालाले गोलकिपर भान्जा मिलिन्कोभिच–साभिचलाई छलेर गोल गर्दै रोमालाई अग्रता दिलाए।
यस जितसँगै रोमा सिरी ए को तालिकामा १० खेलमा १३ अंक जोड्दै १० औं स्थानमा उक्लिएको छ। टोरिनो भने पछिल्लो पाँच खेलमध्ये चार खेलमा पराजित भएसँगै १४ अंकसहित ९औं स्थानमा छ।


