नयाँ प्रशिक्षक रुबेनको नेतृत्वमा युनाइटेडको जित


काठमाडौं । नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले पहिलो जित हासिल गरेको छ।

गएराति घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडले पीएओके एफसीलाई २–० गोलले पराजित गरेको हो।

युनाइटेडको जितमा अमद डियालोले दुबै गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५०औँ र ७७औँ मिनेटमा डियालोले गोल गर्दै युनाइटेडलाई जित दिलाए।

यो जितसँगै चार खेलबाट ६ अंक जोडेको युनाइटेड १५औँ स्थानमा छ। समान खेलबाट पीएओके एफसी एक अंकका साथ ३३औँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको