काठमाडौं । युरोपियन युरोपा लिगमा पोर्चुगिच क्लब पोर्टो पराजित गर्दै लाजियोले लगातार चौथो जीत हासिल गरेको छ।
गएराति भएको खेलमा इटालियन सिरी ए क्लब लाजियोले पोर्टोलाई २–१ गोलले पराजित गरेको हो।
लाजियोको जीतमा एलेसियो रोमाग्नोलीले दुबै गोल गरे। यता, पोर्टोका लागि स्टीफनले गरेको एक गोल सान्त्वना बन्यो।
पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा रोमाग्रोलीले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए। ६६औँ मिनेटमा स्टीफनले गोल गरेपछि खेल १–१ गोलको बराबरी अबस्थामा आयो।
त्यसपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो तर, इन्जुरी समयको दोस्रो मिनेटमा पुन रोमाग्रोलीले गोल गर्दै लाजियोको जित पक्का गरे।
जीतसँगै लगातार चौथो खेलमा विजयी लाजियोले १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजित पोर्टा्े भने समान खेलबाट चार अंकसहित २२औँ स्थानमा छ।


