काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनल बराबरीमा रोकिएका छन्।
आइतबार राति भएको खेलमा चेल्सी र आर्सनल १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको ६०औं मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए। तर, ७०औँ मिनेटमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरी अवस्थामा ल्याए।
बराबरीसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ११ खेलबाट १९ अंक छ। त्यस्तै १९ अंकनै रहेको आर्सनल गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ।


