अल हिलालकाे पहिलाे हार


काठमाडौं । अल हिलालले नयाँ सिजन २०२४/२५ मा पहिलो पराजय बेहोरेको छ।

साउदी प्रो लिगकाे शीर्ष स्थानमा रहेकाे अल हिलाल प्रिन्स मोहम्मद बिन फहाद मैदानमा शनिबार राति अल खालिजसँग ३–२ ले पराजित भएको हो।

खेलको १२औँ मिनेटमा पाहुना टोलीलाई मार्कोस लेओनार्दोले अग्रता दिलाए। ३७औँ मिनेटमा एलेक्जान्डर मिट्रोभिकले दोस्रो गोल गरे।

तर, पहिलो हाफको इन्जुरी समय र ४७औँ मिनेटमा अल सलिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। फाविओ मार्टिन्सले ८५औँ मिनेटमा गोल गर्दै टोलीलाई तीन अंक दिलाएका हुन्।

यो हारसँगै ११ खेलबाट २८ अंकसहित अल हिलाल शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको अल इत्तिहाद २७ अंकसहित दोस्रो स्थानमा छ। छैटौं जित निकालेको अल खाजिल १९ अंकसहित छैटौं स्थानमै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको