काठमाडौं । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ।
ओलम्पिक लुइस कम्पनिज रंगशालामा मंगलबार भएको खेलमा घरेलु टोली बार्सिलोनाले ब्रेस्टलाई ३–० ले पराजित गरेको छ।
बार्सिलोनाको जितमा लेवान्डोवस्कीले दुई र ड्यानी ओल्मोले एक गोल गरे।
खेलको १०औँ मिनेटमा लेवान्डोवस्कीको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ६६औँ मिनेटमा ओल्मोले टोलीको अग्रता दोब्बर बनाए।
इन्जुरी समयमा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए।
जितसँगै पाँच खेलमा १२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। पहिलो पराजय ब्यहोरेको ब्रेस्ट समान खेलबाट १० अंकका साथ नवौं स्थानमा छ।


