शीर्ष स्थानकाे बार्सिलोना पराजित


काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शीर्ष बार्सिलोना पराजित भएको छ।

शनिबार राति भएको खेलमा लास पलमाससँग बार्सिलोना २–१ गोलले पराजित भएको हो।

यी तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो।

लस पलमासको जितमा सान्द्रो रामिरेज र फाबियो सिल्भाले एक एक गोल गरे, भने बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए।

यो बार्सिलोनाको यस सिजनको ला लिगामा तेस्रो हार हो। बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा छ। त्यस्तै लस पलमासको यो जितपछि १५ खेलमा १५ अंकसहित १४औं स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको