ब्वाइज सिंगल्समा सक्षमलाई स्वर्ण


वाइसीएचका सक्षम शाक्यले पुष्पराज शाक्य स्मृति तेश्रो ट्राइ सिरिज टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन्।

उनले फाइनलमा आईएससीका स्वयंलाई ३–२ को सेटमा पराजित गरे। आईएससीका सुप्रिन्स महर्जन र खोल्छका उसान वज्राचार्य तेश्रो भए। खोल्छ पुखु खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुला सिंगल्समा वाइसीएचका सन्जिल शाक्यले स्वर्ण, आईएससीका राजेन्द्र वज्राचार्यले रजत तथा आईएससीका खोल्छका नदिमरत्न शाक्य र अशोक महर्जनले कांस्य हात पारे।

पुरुष डबल्समा वाइसीएचका सुमन शाक्य र सन्जिल शाक्यको जोडी पहिलो, खोल्छका नदिमरत्न शाक्य र समिप श्रेष्ठको जोडी दोश्रो, आईएससीका राजेन्द्र वज्राचार्य र मनीष खरेल तथा अशोक महर्जन र सुशिल वज्राचार्यको जोडी तेश्रो भए। पुरुष टिम इभेन्टमा वाइसीएच, आईएससी र खोल्छ क्रमशः शीर्ष तीन स्थानमा रहे।

विजेतालाई ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको