काठमाडौं । जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएपछि लुम्बिनीले १३७ रनको विजयी लक्ष्य पाएको हो।
जनकपुरका लागि कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रनको योग्दान दिए। उनले ३९ बलमा चार छक्का र एक चौका प्रहार गरे।
यस्तै अर्का ओपनर आशिफ शेख १६ रनमा आउट हुँदा लाहिरु मिलन्था २४ रन बनाए। शुभ कंसाकारले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता लुम्बिनीका लागि अभिषेक गौतमले तीन तथा कप्तना रोहितकुमार पौडेल र साद बीनले समान दुई विकेट लिए। यस्तै, सन्दीप जोराले एक विकेट हात पारे।


