काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य


काठमाडौं । काठमाडौँ गुर्खाजले लुम्बिनी लायान्सलाई १०४ रनको लक्ष्य दिएकाे छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा १०३ रमै सबै विकेट गुमाएपछि लुम्बिनीले १०४ रनकाे लक्ष्य पाएकाे हाे।

काठमाडौँका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ४० बलमा एक चौका प्रहार गरे। भीम अभिषेस गौतमको बलमा आउट भएका हुन्।

ड्यान ड्वाथवेट पाँचौ विकेटका रुपमा २१ रन जोड्दै आउट भएका थिए। २४ बलको सामना गरेका ड्याथवेट विवेक यादवको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए।

काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए। दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए। स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए।

काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए। एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए।

सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सुर्य तामाङको बलमा आउट भए। लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिषेस गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए।

आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ। लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। मंगलवार चितवनलाई पराजित गरेको थियो।

तीन खेलमा दुई मा हार र एक मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ। यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको