काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायान्सलाई १२९ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनायो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे।
यस्तै अर्जुन घर्तीले २५ रन बनाउँदा बाबर हायतले २० रन बनाए। चार्डविक वाल्डनले १३ रन बनाए भने गुलसन झाले आठ रन बनाएर आउट भए।
यता, बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारी र बिकास आग्रीले समान दुई विकेट लिए। कप्तान रोहितकुमार पौडेल, साद बीन जफर र रेमन सिमण्ड्सले समान एक एक विकेट हात पारे।
यसअघि नै प्लेअफबाट बाहिरिएको लुम्बिनी जितसहित प्रतियोगिता अन्त्य गर्न चाहान्छ। यता, लुम्बिनीलाई हराउँदै कर्णाली प्लेअफको सम्भावना बलियो बनाउने दाउमा छ।
लुम्बिनीको ६ खेलमा दुई अंक छ भने कर्णालीको ६ अंक रहेको छ।


