काठमाडौं । बसिर अमदको अर्धशतक प्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनायो।
विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे।
यस्तै, मार्टिन गप्टीलले ४५ रन बनाउँदा राजेश पुलामी ३३ रनमा अविजित रहे। ओपनर लोकेश बम शून्य रनमा आउटहुँदा दबाबमा परेको विराटनगरका लागि पाँचौँ विकेटका लागि बसिर र मार्टिनले ६५ रनको साझेदारी गर्दै बलियो योग्फलतर्फ अघि बढाए।
छैटौँ विकेटका लागि बसिर र राजेश मुलामीले ८३ रनको साझेदारी गरेका थिए। कुनै समय १० रन बनाउँदा विराटनगरले तीन विकेट गुमाएकाे थियाे।
यता बलिङतर्फ चितवनका लागि रिजन ढकाल दुई तथा कप्तान कुशल मल्ल बसिल हामीद र सोहेल तानबिरले समान एक एक विकेट हात पारे।
जारी एनपीएलमा पाँच खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान पाँच खेल खेलेको विराटनगर भने एक जितका साथ तालिकाको पुछारमा रहेको छ।


