जेबी कप : फेरिल्यान्ड र ग्रिनल्यान्ड उपाधिनजिक

काठमाडौं । फेरिल्यान्ड र ग्रिनल्यान्ड प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २५–१६ ले पराजित ग¥यो । फेरिल्यान्डकी खुश्बु मगरले ७ अंक जोडिन् । ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ३३–२८ ले हरायो । ग्रिनल्यान्डकी विहनी राईले १४ स्कोर गरिन् ।

बूढानीलकण्ठ नगरपालिका ६ को च्यासिन्डोलस्थित जेबी स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी र भ्याली पब्लिक फाइनलमा पुगेका छन् ।

लालीगुराँसले किङडमलाई ३१–२५ ले पाखा लगायो । लालीगुराँसका सर्गम गुरुङले १० अंक बटुले । भ्याली पब्लिकले गोल्डेनपिकमाथि २८–२५ को कठिन जित दर्ता ग¥यो । भ्याली पब्लिकका आर्यन गुरुङले ९ अंक जोडे ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको