काठमाडौँ । युथ महिला यु–१६ अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा घरेलु टोली नेपाल भुटानसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पहुना टोली भुटानको यु–१६ टोलीसँग नेपाल ५–१ ले पराजित भएको हो।
भुटानले खेलको पहिलो हाफमै ३(० को फराकिलो अग्रता लिएको थियो। त्यस्तै दोस्रो हाफमा थप दुई गोल गर्को भुटानले एक गोल भने ब्यहोरेको थियो।
