प्रविण घले स्मृति कप पुष २४ देखि सुरु हुने

सिन्धुपाल्चोक । दोस्रो संस्करणको प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको यहिँ पुष अन्तिम साताबाट सुरु हुने भएको छ।

घले ल्होसारको अवसरमा लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता पुष २४ देखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो।

प्रतियोगिताको विजेताले नगद १ लाख ६० हजार पाउने छ भने उपविजेताले ८० हजार पाउने छ। प्रतियाेगिताकाे पुरस्कार राशि गत बर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो।

गत संस्करण रोयल फेमिलीले चौताराले टाइव्रेकरमा बाह्रदेवी युवा क्लब बाह्रविसेलाई ३–२ गोलले स्तब्ध पार्दै प्रतियाेगिताको उपाधि जितेको थियो।

यस्तै, प्रतियोगितामा टिम दर्ताको लागि पुष २० गते‍ अन्तिम मिती तोकिएको छ। टिम दर्ताको लागि ७ हजार ५०० रुपैया लाग्ने छ भने प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेल सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा सञ्चालन हुनेछ। प्रतियाेगितामा जम्मा १६ टिम सहभागि गराउने आयाेजकले जनाएकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको