सुमित्रा र रिना विजयी

काठमाडौँ । सुमित्रा नगरकोटी र रिना माझी इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा विजयी भएका छन्।

भारतको त्रिपुरामा भएको वान भर्सेस वान फाइटमा दुवैले जित हात पारेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्। सुमित्राले महिला ५८ केजी तथा रिनाले महिला ४४ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए।

सुमित्रा र रिना बाहेक प्रतियोगितामा ४ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए। पुरुष ५२ केजीमा सञ्जय राई, ५५ केजीमा निरोज नगरकोटी, ६० केजीमा अकेश केसी र ६३ केजीमा पेम्बा छिरिङ तामाङ पराजित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको