अन्तरविद्यालयस्तरीय ब्याडमिन्टन भदौ २७ गते


हेटौंडा । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरीय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ। 

हेटौंडा–११ स्थित थाना भर्‍याङको कभर्डहलमा भदौ २७ गतेदेखि २९ गतेसम्म यु–१३ र यु–१७ छात्र–छात्रा व्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

जिल्ला व्याडमिन्टन संघको कार्यसमितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। प्रतियोगितामा सहभागी हुनका लागि भदौ २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ। प्रतियोगिताको पुरस्कार राशिबारे पछि निर्णय गरिने संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ।

व्याडमिन्टन खेलाडी तथा उद्यमी स्वर्गीय बीके बोसको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको