झापा कपको उपाधि चर्च ब्वाइजलाई

काठमाडौँ । झापा कपको पहिलो संस्करणको उपाधि ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले जितेको छ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले न्युरो टिम (एनआरटी)लाई ३–१ ले हराउँदै उपाधि जितेको हो।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख तथा उपविजेता एनआरटीले ५ लाख रुपैयाँमा चित्त बुझायो।

यस्तै चर्च ब्वाइजले १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको