नेपाल भलिबल लिगमा ६ टाेली

काठमाडौं । पहिलाे संस्करणको पुरुष फ्रेन्चाइज भलिबल प्रतियाेगितामा ६ टाेलीकाे सहभागिता रहने भएकाे छ।

आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा ६ टाेलीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।

९ दिन हुने प्रतियाेगितामा कूल १६ खेल हुनेछन्। लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टाेली फाइनल प्रवेश गर्नेछन्।

प्रतियाेगिताकाे मिति र टाेली भने चाँडै सार्वजनिक गरिने आयाेजकले बताएका छन्।

भिडियाे हेर्नुहाेस् :


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको